बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले आगामी आवको नीति तथा कार्यक्रम बागमती प्रदेश सभाबाट पारित गर्न प्रदेश सभाको आज बुधबार बसेको बैठकमा राख्नुभएको प्रस्ताव बहुमतले स्वीकृत गरेकाे हो । यसअघि मुख्यमन्त्री लामाले नीति तथा कार्यक्रममाथि वृहत रुपमा छलफलभएको भन्दै नीति तथा कार्यक्रमका आधारमा आगामी आवको बजेट आउने बताउनुभएको थियो । नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै प्रदेश सभाको सदस्यहरुले जनता केन्द्रित योजना आउनुपर्नेमा जोड दिएका थिए । प्रदेशसभाको बैठकमा सरकारको नीति कार्यक्रम माथि सुस्पा भुजेल, युवराज चौलागाई र...