हेटौँडाको प्रादेशिक कृषि बजार उपमहानगरपालिकालाई हस्तान्तरण
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित प्रादेशिक कृषि थोक बजार हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ७० प्रतिशत र हेटौँडा उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण भएको आधुनिक कृषि थोक बजारको आइतबार उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गरिएको हो । थोक बजार गत भदौ ०८१ मा तयार भइसकेको संरचना हो । थोक बजार सञ्चालन कार्यविधि नबनेका कारण भवन अलपत्र बन्दै आएको थियो । आइतबार कृषिमन्त्री प्रकाश श्रेष्ठ र हेटौंडाकी नगर प्रमुख मिनाकुमारी लामाले संयुक्त रुपमा भवनको उद्घाटन गरेका थिए । मन्त्री श्रेष्ठले नगर प्रमुख लामालाई साँचो प्रदान गर्दै भवन हस्तान्तरण पनि गरेका थिए ।...