गणेश उप्रेतीको ‘तिम्रो दिलको’गीत सार्वजनिक
काठमाडौं । गणेश उप्रेतीको ‘तिम्रो दिलको’बोलको गीत सार्वजनिक भएको छ । उप्रेतीको शव्द रहेको उक्त गीत मगलबार सार्वजनिक भएको हो । उनको शब्द रहेको एक दर्जन गीत रेकर्डिङका क्रममा रहेको उप्रेतीले जानकारी दिए। गीतमा मेलिना राईको स्वर छ भने टीका भण्डारीले संगीत भरेका छन्। गीतको दृष्य निर्माण ह्वाइट मिडियाले गरेको छ। एरिना ईन्टरटेनमेन्ट मार्फत बजारमा आएको गीतमा नमराज घिमिरेले छायांकन गरेका छ। गीतमा प्रविन थापाको कोरियोग्राफी, फिजा योन्जन लामा र सन्दिप सिग्देलको अभिनय छ भने निर्देशन शक्ति प्रज्वल घिमिरेले गरेका छन्।