राजु लामाको ‘बिहे नगरी भाछैन’ सार्वजनिक

काठमाडौं । चर्चित गायक राजु लामाको आवाजमा ‘बिहे नगरी भाछैन’बोलको गीत सार्वजानिक भएको छ ।
गीतमा सगिंतकार आर बी लामाको शब्द संगीत रहेको छ । गीतमा चर्चित गायक राजु लामाको आवाज, दिपेश प्रधानको मिक्सिङ र स्व। बबी राज घतानिको एरेन्ज छ ।
गीतको भिडियोलाई हेरुका लामाले कोरियोग्राफि र निर्देशन गरेका हुन् ।
भिडियोमा हेरुका लामा, निरान्जली लामा, चाँदनी मोक्तान र रमन तामाङको अभिनय छ । राजु लामा पछिल्लो समय ‘भ्वाइस अफ नेपाल सिजन-२’ का कोच रहेका थिए ।