इजरायली हमला राेकिएन, बमबारीमा ४ प्यालेस्टिनीकाे मृत्यु

एजेन्सी । इजरायली लडाकु विमानले पुन: बुधबार बिहान गाजा क्षेत्रमा बमबारी गरेका छन् । बमबारीमा परी कम्तिमा ४ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने कैयौं आवासीय भवन ध्वस्त भएका छन् । बुधबार बिहानै गाजा पट्टीमा भएको बमबारीमा परी ४ जना प्यालेस्टिनीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । मारिनेमा एक जना पत्रकार समेत रहेका छन् । समाचार अनुसार अल अक्सा भ्वाइस रेडियोका पत्रकार युसेफ अबु हुसेनले ज्यान गुमाएका हुन् । दश दिनदेखि गाजामा जारी युद्धमा हालसम्म २२० जना प्यलेस्टिनीको मृत्यु भएको छ । मृतकमध्ये ६३ जना बालबालिका रहेका छन् । त्यस्तै १५ सय जना प्यालेस्टिनी...