रोजगारीका लागि मलेसिया गएका ११ नेपाली पाँच महीनादेखि अलपत्र

सोलुखुम्बु। मलेसियाको एक कम्पनीमा कार्यरत ११ नेपाली पाँच महीनादेखि अलपत्र परेका छन्। अल्फा कम्पनीमा कार्यरत सबैको पाँच महीनाअघि नै भीषाको म्याद सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत घनश्याम श्रेष्ठले जानकारी दिए। नेपालमा गरिएको लकडाउन तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपाल आउन नसकेको श्रेष्‍ठको भनाइ छ। उनका अनुसार लामो समयदेखि बिनारोजगार कोठामा बसिरहँदा खर्च अभाव भएको छ। “पाँच महीनादेखि काम गर्न पाएको छैन”, श्रेष्ठले भने, “मलेसियास्थित नेपाली दूतावासमा अनलाइनमार्फत नेपाल आउन पटकपटक फर्म भर्‍यौं तर नियमित उडान नहुँदा महंगो पर्ने भन्दै कम्पनीले पठाउन मान्दैन।” नियमित उडानका लागि भनेर कम्पनीले टिकटसमेत खरिद गरिसकेको श्रेष्‍ठले जानकारी दिए। चार्टर्ड उडानका लागि...