भारतीय सेनाध्यक्ष नरवाणे नेपाल आउँदै
काठमाडौँ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमण आगामी कात्तिकमा गराउन नेपाली सेनाले तयारी सुरु गरेको छ । नेपाली सेनाका प्रधानसेनापति भारतीय सेनाको मानार्थ सेनाध्यक्ष र भारतीय सेनाका सेनाध्यक्ष नेपाली सेनाको मानार्थ प्रधानसेनापति (महारथी) हुने परम्पराअनुसार नरवणे आउन लागेका हुन् । उनलाई भ्रमणको दौरान राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ प्रधानसेनापति (महारथी) को दर्जाबाट सम्मान गर्नेछिन् । केही महिनाअघि लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतले अतिक्रमण गरेको नेपालको भनाइ सार्वजनिक गरेपछि नयाँदिल्लीमा भएको एक कार्यक्रममा सेनापति नरवणेले ‘नेपालले उक्त काम कसैको उक्साहटमा गरेको हो’ भन्ने अभिव्यक्ति दिएका थिए । जसले गर्दा उनको व्यापक आलोचना भएको थियो । उनको भनाइ सार्वजनिक भएपछि...



















