दुर्घटनामा परी गम्भीर घाइते भएका अफगान क्रिकेटरको निधन
अफगानिस्तान क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान नजीब तारकाईको निधन भएको छ । सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।
अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)ले पनि उनको निधन भएको पुष्टि गरेको छ ।
२९ वर्षीय नजीबलाई केही गत शुक्रबार बजारबाट सामान किनेर घर फर्किरहेका बेला कारले ठक्कर दिएको थियो ।
उनले अफगानिस्तानका लागि १२ टी-२० र एक वानडे म्याच खेलेका थिए । नजीबले २०१४ को टी-२० विश्वकपमा अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए ।









