उडिरहेका दुई विमान आपसमा ठोक्किए, ५ जनाको मृत्यु

निरन्तर न्यूज
२५ आश्विन २०७७, आईतवार १४:३१

काठमाडौं । उडिरहेका २ विमान एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा फ्रान्समा पाँच जनाको मृत्यु भएको छ ।

एक विमानमा ३ र अर्का विमानमा २ यात्रु रहेको बताइएको छ । स्थानीय समयअनुसार शनिबार फ्रान्सको दक्षिण–पूर्वी शहरमा उक्त लाइट विमानहरु दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ ।

दुर्घटना लगत्तै उद्धारका लागि ५० अग्निनियन्त्रक घटनास्थलमा खटाइएका थिए । विमान जमिनमा खस्दा त्यसले कसैलाई क्षति नपुर्‍याएको बताइएको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*