मिडियामाथि नियन्त्रण गर्दै थाइल्यान्डमा आपतकाल घोषणा

निरन्तर न्यूज
२९ आश्विन २०७७, बिहीबार ०७:५९

एजेन्सी । थाइ सरकारले आपतकाल घोषणा गर्दै ठूला प्रदर्शन र भेलामाथि प्रतिबन्ध लगाएको छ।

थाइ प्रहरीले टेलिभिजनबाट सार्वजनिक वक्तव्य जारी गर्दै भनेको छ – ‘गैरकानुनी क्रियाकलाप गराउने उद्देश्यले धेरै मानिसहरुलाई बोलाइएको छ।’ शान्ति र सुरक्षा व्यवस्था कायम राख्नका लागि तत्काल यस्तो आदेश गर्नुपरेको टेलिभिजनमार्फत् जारी गरिएको संदेशमा उल्लेख छ।

थाइल्यान्डमा प्रदर्शनकारीहरुले राजाको शक्ति न्युनिकरण गर्नुपर्ने तथा प्रधानमन्त्री प्रयुथ चान ‌ओशाको राजीनामा गर्नुपर्ने माग गर्दै आन्दोलनका कार्यक्रमहरु जारी राखेका छन्।

रोयल मोटरकेडलाई आन्दोलनकारीले रोकेको विषयलाई लिएर आपतकालीन आदेश घोषणा गर्नु परेको सरकारले जनाएको छ।

नयाँ प्रावधानअनुसार अब ४ जनाभन्दा धेरै मानिस भेला हुन पाउने छैनन्। मिडियामाथि पनि यो आदेशले प्रतिबन्ध लगाउने व्यवस्था छ। भय पैदा गर्ने, मिसलिड गर्ने खालका समाचार समाचार प्रकाशन निषेध भन्दै राष्ट्रिय सुरक्षा, शान्ति सुव्यवस्था कायम गर्न मिडियामाथि निषेध गरिएको छ।

आपतकालमा सरकारले ठाउँ तोकेर जोकसैलाई पनि प्रवेश निषेध गर्न सक्छ।

जुलाईदेखि सुरु भएको विद्यार्थी नेतृत्वको आन्दोलन थाइल्यान्डको संस्थापन पक्षका लागि धेरे पहिलेदेखि टाउको दुखाइको विषय बनिरहेको छ। सरकारी अधिकारीले आन्दोलनमा १८ हजार मानिस उत्रिएको दावी गरे पनि मानिसहरुको संख्या धेरै रहेको र त्यो अझ बढ्न सक्ने देखिएको छ। श्राेत : पहिलाे पाेष्ट

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु