साउनको पहिलो सोमबार पशुपति मन्दिर लगायतका शिवालयमा घुइँचो

हेटौंडा । हिन्दू धर्मावलम्बीको आस्थाको महिना साउन सुरु भएसँगै सोमबारको विशेष महत्व लिएर आज साउनको पहिलो सोमबार परेको अवसरमा हेटौंडा उपमहानगरका विभिन्न शिव मन्दिरहरुमा श्रद्धालु भक्तजनको उल्लेख्य भीड देखिएको छ। साउन महिनालाई विशेषगरी शिवभक्तहरूको लागि पवित्र महिनाका रूपमा लिइन्छ। यसै क्रममा आज बिहानैदेखि भक्तजनहरू व्रत बसी जल, बेलपत्र, धतुरो, आक, दूध र गंगा जल चढाउँदै भगवान शिवको आराधना गर्न मन्दिरहरूमा लामबद्ध देखिएका छन्। हेटौंडाको पशुपति मन्दिर परिसरमा बिहान ५ बजेदेखि नै पूजा गर्नको लागि भक्तजनहरूको लाम लागेको थियो। यसबाहेक, कैलाशधाम, सिद्धिविनायक शिव मन्दिर, र मकवानपुरका बिभीन्न स्थानीय तहका शिवालयमा समेत भक्तजनको घुइँचो लागेको थियो। कतिपय श्रद्धालुहरू...