हेटाैँडा नगरका अस्पताल सञ्चालन र व्यवस्थापनमा प्रतिष्ठानले सघाउने
हेटौंडा । स्थानिय तह हेटौंडा उपमहानगरपालिले सञ्चालन गरेको दुई अस्पतालका लागि जनशक्ति व्यवस्थापन गरी आधारभुत स्वास्थ्य सेवा तथा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले सहयोग गर्ने भएको छ । उपमहानगर क्षेत्र भित्र रहेका जनताको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले हेटौंडा १३ र १६ मा सञ्चालनमा रहेको नगर अस्पतालका लागि प्रतिष्ठानमा रहेका जनशक्ती परिचालन हुने भएका हुन् । सोमबार हेटौंडा उपमहानगरपालिका र मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठनका पदाधिकारी बिच भएको छलफलमा नगर अस्पताल र हेटौंडा अस्पताललाई सञ्चालन र व्यवस्थापनमा सहकार्य गर्ने सहमति भएको छ । सहमति अनुसार प्रतिष्ठान अन्तरगतको हेटौंडा अस्पतालमा भिडियो एक्सरे, सिटिस्क्यान...


















