मदन भण्डारी प्रतिष्ठान हेटाैँडाको रजिस्ट्रारमा गुरागाई नियुक्त
हेटौंडा । बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर प्रदिप ज्ञवालीले आज सपथग्रहण गरेका छन् । आज प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले ज्ञवालीलाई सपथग्रहण गराए । कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री, मन्त्रीहरु, सचिबहरु लगायतकाको उपस्थिती रहेको थियो । बुधबार बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले उपकुलपतिमा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो। एमालेका तर्फबाट ज्ञवालीलाई नियुक्त गरिएको हो । यस अघिका उपकुलपति रहेका विश्वराज जोशीको पदावधि सकिएपछी लामो समय देखि प्रतिष्ठानमा उपकुलपति नियुक्त हुन सकेको थिएन । यसैबीच बुधबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा बसेकाे बैठकले ज्ञवालीलाई नियुक्तको निर्णय गरेको हो ।...