नुहाउन र दाह्री काट्न अल्छी गरेको भन्दै श्रीमानविरुद्ध महिला आयोगमा मुद्दा

निरन्तर न्यूज
२७ पुष २०७६, आईतवार १६:५३

एजेन्सी । चिसोको समयमा नुहाउन प्रायः धेरैले नै अल्छी गर्छन्। पानी पनि चिसो, घाम पनि मधुरो, यो समय खासगरी नुहाउन तथा कपडा धुनका लागि कठिन पनि हुन्छ।

तर यही कारण कुनै श्रीमान श्रीमतिले दिएको मुद्दाले झन कठिन परिस्थितिको सामना गर्नुपर्ला सायदै कसैलाई लागेको हुन्छ।

भारतको बिहारमा यस्तै एउटा मुद्दा परेको छ।

बिहारको महिला आयोगमा त्यहाँको वैशाली जिल्लाकी एक महिलाले पतिविरुद्द ननुहाएको र दाँत नमाझेको आरोपमा मुद्दा हालिन्। उनको आरोप आफ्ना श्रीमानले हरेक दिन नुहाउँदैनन् र ब्रस गर्दैनन् भन्ने छ।

यो मुद्दा परेपछि महिला आयोगले श्रीमानलाई बोलाएर नुहाउन र ब्रस गर्न सम्झाईबुझाई गरी पठाएको छ।

वैशाली जिल्लाको नयाँ गाउँकी २० वर्षीया सोनी देवीले आफ्ना श्रीमान मनिष रामविरुद्ध ननुहाएको, ब्रस नगरेको मात्रै नभई दाह्री पनि नकाटेको आरोप लगाएकी थिइन्।

महिला आयोगले २३ वर्षीय मनिषलाई सम्झाउँदै आफ्नो आदत नसुधारे आवश्यक कारबाही गर्ने चेतावनी समेत दिएर पठाएको छ।

आयोगकी अध्यक्ष दिलमणि मिश्राले कार्यालयमा सोनीको उजुरी परेपछि मनिषलाई बोलाएर सम्झाईबुझाई गरेको बताएकी छन्।

सोनी र मनिषको ३ वर्षअघि बिवाह भएको थियो।

मनिषले पलम्बरको काम गर्छन् भने सोनी घरको काम सम्हाल्छिन्।

उनले उजुरीमा भनेकी थिइन्, ‘मेरो श्रीमानको शरीरबाट गन्ध आउँछ, किनकी उनी न नुहाउँछन्, न ब्रस गर्छन्। १०–१२ दिनमा मात्रै उनले नुहाउँछन्, दिनदिनै नुहाउनुपर्नेमा उनले नुहाउँदैनन् मलाई मन पर्दैन।’

सोनीले त यही आरोपमा सम्बन्ध विच्छेदसमेत गर्न चाहेको खुलाएकी छन्।श्रोत नेपाल समय

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*