जसपाका २१ वर्षीय बशिष्ट गाउँपालिका अध्यक्ष निर्वाचित

निरन्तर न्यूज
४ जेष्ठ २०७९, बुधबार १८:५९

पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय एक युवक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

राष्ट्रिय जनता पार्टी (जसपा) बाट निर्वाचन लडेका बशिष्टकुमार आफ्ना निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका ४२ वर्षीय अजयकुमारलाई १ सय ८ मत अन्तरले पराजित गरेका हुन् ।

बशिष्ट कुमारले ३ हजार ७ सय १९ मत ल्याए भने अजयकुमारले ३ हजार ६ सय ५ मत प्राप्त गरेका हुन् ।

उपाध्यक्षमा भने नेपाली कांग्रसकी राजमति बरैनी निर्वाचित भइन् । उनले ३ हजार ९ सय ६१ मत ल्याएकी हुन् ।

जनता समाजवादी पार्टी (जसपा)की सहानी खातुनले ३ हजार ८३४ मत ल्याएर दोस्रो भइन्। ५ वटा वडा रहेको कालिकामाई गाउँपालिकामा जसपा ३, कांग्रेस र एमाले १र१ वडामा जित निकाल्न सफल भएका छन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*