नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ७५ पुग्याे

निरन्तर न्यूज
१२ जेष्ठ २०७७, सोमबार १३:४८

काठमाडौं। नेपालमा कोरोना भाइरसका थप ७२ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा ३७ जना, वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा २१ जना, भेरी अस्पताल नेपालगंजमा ५ जना र प्रदेश अस्पताल सुर्खेतमा परीक्षणणका क्रममा २ जना गरी थप ७२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित सबैजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*