बलिउड निर्देशक रजत मुखर्जीको निधन

निरन्तर न्यूज
४ श्रावण २०७७, आईतवार १३:५५

एजेन्सी । बलिउड निर्देशक रजत मुखर्जीको निधन भएको छ। ‘प्यार तूने क्या किया’, ‘रोड’ आदि फिल्म निर्देशन गरेका मुखर्जीको आइतबार निधन भएको हो।

रिपोर्टका अनुसार अनुसार उनी केही वर्षयता विभिन्न प्रकारको स्वास्थ्य समस्यासँग जुधिरहेका थिए। ‘रोड’ फिल्ममा मुख्य नायकको रुपमा देखिएका मनोज बाजपेयीले निर्देशक मुखर्जीको निधनमा शोक व्यक्त गर्दै ट्विट गरेका छन्।

मनोजले लेखेका छन्, ‘लामो बिमारीका कारण मेरा साथी र निर्देशक रजत मुखर्जीको जयपुरमा निधन भएको छ। तपाईंको आत्माले शान्ति पाओस् रजत। आफ्नो काममा छलफल गर्नका लागि अब हाम्रो कहिले पनि भेट हुन सक्दैन भन्ने कुराको विश्वास गर्नै सकिरहेको छैन। जहाँ छौ, खुसी हौ।’

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु