कोरोना संक्रमित महिलाले जन्माइन् छोरी

निरन्तर न्यूज
१६ श्रावण २०७७, शुक्रबार १३:०४

पर्सा। एक महिलाले वीरगञ्जको नारायणी अस्थायी गण्डक कोभिड अस्पतालमा बच्चा जन्माएकी छिन् । शुक्रबार वीरगन्ज–१ छपकैयाकी ३१ वर्षीया कोरोना संक्रमित महिलाले आइसोलेसनमै बच्चा जन्माएकी हुन् ।

कोरोना संक्रमित ती महिलाले उपचारकै क्रममा बिहान ४ बजे छोरी जन्माएकी अस्पताल प्रशासनले जानकारी दिएको छ ।

कोभिड अस्पतालका डा. उदयनारायण सिंहका अनुसार कोरोना संक्रमित आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमित महिलालाइ बिहीबार कोरोना संक्रमण पुष्टि भएको सिंहले जानकारी दिए ।

संक्रमित महिला बिहीबार साँझ सुत्केरी गराउनका लागि मेडिकल कलेजमा भर्ना भएकी थिइन् । लगत्तै कोभिड अस्पतालका चिकित्सकले राति नै उनलाई एम्बुलेन्समा राखेर कोभिड अस्पतालमा ल्याएर उपचार सुरु गरेका थिए ।

बच्चा जन्मेलगत्तै शिशुको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*