धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु

निरन्तर न्यूज
२७ श्रावण २०७७, मंगलवार १५:००

जनकपुरधाम । कोरोनाभाइरसको संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु भएको छ । धनुषाकोको विदेह नगरपालिका वडा नम्बर ८ बस्ने ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कोभिड–१९ विशेष अस्पतालका संयोजक डा। जामुनप्रसाद सिंहले जानकारी दिए ।

प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पताल जनकपुरमा करिब २० दिनदेखि आईसीयुमा उपचाररत रहेका सो पुरुषको गत राति कोरोनाको कारण मृत्यु भएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले धनुषामा समुदाय स्तरमा कोरोना फौलिसकेको आशंका व्यक्त गरेका छन् । यसअघि आइतवार मृत्यु भएका पुरुषमा सोमबार कोरोनासंक्रमण पुष्टि भएको थियो ।

धनुषामा हालसम्म ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु