१७ जुवाडे पक्राउ
निरन्तर न्यूज
२९ श्रावण २०७७, बिहीबार १४:१४

कास्की । कास्कीमा १७ जुवाडे पक्राउ परेका छन् । पोखरा महानगरपालिका १० मिलन टोलमा डेरा गरी बस्ने सोही महानगरपालिका १४, मझेरीपाटन घर भएकी ५० वर्षीया ज्ञानु हमालको कोठामा तास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले नगद एक लाख दुई हजार ४९० रुपैयाँ र ८ बुक ताससहित उनीहरुलाई पक्राउ गरेको हो ।