मकवानपुरमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि (विवरण)
निरन्तर न्यूज
२९ भाद्र २०७७, सोमबार १६:५१

हेटौँडा । मकवानपुरमा आज थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१८४ जनाको कोरोना परिक्षण गर्दा ५६ जनामा संक्रमण भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
आज पुष्टि हुनेमा ३० जना पुरुष र २६ जना महिला रहेका छन् ।