रौतहटमा बाघको आक्रमणबाट दुई जना घाइते

निरन्तर न्यूज
१४ आश्विन २०७७, बुधबार १२:३०

रौतहट । रौतहटमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् भने एक जना वेपत्ता भएका छन् । चन्द्रपुर नगरपालिका– ६ चिम्नीटोलमा बाघको आक्रमणबाट दुई जना घाइते भएका हुन् ।

मंगलबार साँझ घास काट्न जंगल गएको बेला भएको घटनामा ३४ वर्षीय प्रविन श्रेष्ठ र ३० बर्षीय अशोक थापा घाइते भएका हुन् । उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरु ३० वर्षीय संगम भण्डारी जंगलमा बेपत्ता भएपछि खोजी गर्न गएको बेला बाघले आक्रमण गरी घाइते बनाएको हो ।

वेपत्ता भण्डारीको नेपाल प्रहरी, सशस्त्र र स्थानीयहरुले खोजी गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*