गाउँपालिकाका वडा अध्यक्षको मृत्यु

निरन्तर न्यूज
२९ आश्विन २०७७, बिहीबार १६:५५

बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा न.५ का वडाअध्यक्ष केशबसिंह मडैको निधन भएको छ । जण्डिसका बिरामी समेत रहेका मडैको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । ६५ बर्षिय मडै पहिलेदेखि जन्डिसको बिरामी रहेको राष्ट्रिय युवासंघ बैतडीका जिल्ला कमिटि सदस्य नरेश बिष्टले जानकारी दिए ।

आज बिहान एक्कासी स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका अस्पताल लैजादैँ गर्दा बाटोमै मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष लिला बिष्टले बताइन् ।
मडै बुधबार गाउँपालिका केन्द्रका बिषयमा भएको झडपका कारण समेत तनावमा थिए । मृतक मडै तत्कालिन नेपाल कम्यूनिष्ट पाटी (एमाले)बाट निर्वाचित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*