हेटौंडा उपमहानगरले पनि अत्यावश्यक बाहेकका अरु सबै सेवा बन्द गर्याे

निरन्तर न्यूज
३० आश्विन २०७७, शुक्रबार १७:२९

हेटौंडा। हेटौंडा उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुमा कोरोना पुष्टि हुनेको संख्या बढेसँगै उपमहानगरपालिकाले प्रदान गर्ने सेवा बन्द हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाको अत्यावश्यक सेवा स्वास्थ्य, वातावरण तथा सरसफाई, बारुणयन्त्र र नगरप्रहरी बलको सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द हुने भएको हो ।

पर्सी आइतबारदेखि कार्तिक ६ गतेसम्म अन्य सेवाहरु बन्द गरिएको हेटौंडा उपमहानगरपालिकाले आज सुचना जारी गरेको छ । हेटौंडा उपमहानगर क्षेत्रमा कोरोना सङ्क्रमितको संख्या ब्यापक थपिएको र उपमहानगरपालिकाकै कर्मचारीहरुमा पनि कोरोना पुष्टि भएका कारण संक्रमण फैलन नदिन अन्य सेवाहरु बन्द गर्नुपरेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*