उद्याेग बाणिज्य संघद्वारा विपन्न नागरिकलाई राहत वितरण

हेटाैँडा । मकवानपुर उद्योग वाणिज्य संघले आजबाट बिपन्न नागरिकलाई राहत वितरण कार्यक्रम शुरु गरेकाे छ ।
कोभिड–१९ को कारण दैनिक जीवन यापन गर्न समस्या भएका विपन्न नागरिकलाई दशैंको अवसरमा राहत सामग्री वितरण गरिएको संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए ।
हेटौंडा उपमहानगरका नगर प्रमुख हरि बहादुर महतले उक्त राहत वितरण गरेर कार्यकाे शुरु गरेका हुन् ।
नगर प्रमुख महतले राहत वितरण कार्य विपन्नहरुका लागि उपयोगी हुने र आगामी दिनमा संघका कार्यक्रमहरुमा थप सहकार्य गरिने बताउनु भएको छ ।
आज पहिलो दिन १ सय १ जनालाई राहत सामग्री वितरण गरिएको संघका कार्यालय प्रमुख पवन कार्कीले जानकारी दिए ।