११ जना एसपीकाे एसएसपीमा बढुवा

निरन्तर न्यूज
२९ पुष २०७७, बुधबार २०:०७

काठमाडाैं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् । बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकबाट उनीहरुलाई बढुवा सिफारिस गरिएको हो ।

एसपीहरु कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइटेल र मोहनप्रसाद पोखरेल बढुवा सिफारिस सूचीमा परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु