शुभलक्ष्मीकाे नेतृत्वमा दलित पत्रकार संघ मकवानपुर गठन

निरन्तर न्यूज
१९ फाल्गुन २०७७, बुधबार ०८:४९

हेटौंडा । राष्ट्रिय दलित पत्रकार संघ मकवानपुरको प्रथम जिल्ला भेलाले  पत्रकार शुभलक्ष्मी बिश्वकर्माको अध्यक्षतामा नौ सदस्य नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

हेटाैँडामा भएकाे भेलाबाट संघको उपाध्यक्षमा रुपक कालिराज, सचिबमा शान्ति सुनार, सहसचिबमा युवराज विस्वकर्मा, कोषाध्यक्षमा पारु प्रियार रहेका छन् ।
यस्तै समितिको सदस्यहरुमा प्रज्वल सुनार, सिभा सुनार, बिश्व सुनार र प्रसंसा विश्वकर्मा चयन भएका छन् ।

राष्ट्रिय दलित पत्रकार संघका बागमती प्रदेश उपाध्यक्ष कमल कुमार विश्वकर्माको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु