हेटाैँडा १० का बिपन्न परिवारलाई खाद्यान्न वितरण

हेटाैँडा । आज हेटाैँडामा दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने परिवारलाई खाद्यान्न वितरण गरिएकाे छ ।
सचेत नागरिक युवा समूहकाे आयाेजना तथा सामुदायीक प्रहरी सेवा उपकेन्द्र हेटाैँडा १० काे सहकार्यमा १२० बिपन्न परिवार लाई खाद्यान्न बितरण गरिएकाे हाे ।
घरजग्गा ब्यबसाय संघ मकवानपुरकाे अध्यक्ष धुर्ब घिमिरेलगायतबाट हेटाैँडा उपमहानगरपालिका १० का आनन्न टाेल, बसपार्क र न्यूरेनीका बिपन्न परिवारलाई खाद्यान्न वितरण गरिएकाे उपकेन्द्रका अध्यक्ष प्रदीप कँडेलले जानकारी दिए ।
कार्यक्रममा समूहका अध्यक्ष शिबनारायण श्रेष्ठ सहित सामाजिक अभियन्ताहरु शर्मीला श्रेष्ठ, चुडाराज उप्रेती, किरण लामालगायतले खाद्यान्न वितरण गरेका थिए ।
प्रती परिवारलाई दाल १ केजि, चामल ५ केजि, आलु १ केजि, नुन १ पोका, तेल १ लिटर, सोयाबिन १ केजि, प्याज आधा केजि, साबुन १ थान, मास्क ४ पिस समेटिएर खाद्यान्न प्याकेज बनाइएकाे चुडाराज उप्रेतीले जानकारी दिए । कार्यक्रममा हेटौंडा बजार लायन्स क्लव लगायत विभिन्न दाताहरुले सहयोग गरेका थिए ।