समस्यामा परेकालाई सचेत नागरिक समुहद्वारा खाद्यान्न सहयाेग

निरन्तर न्यूज
२७ जेष्ठ २०७८, बिहीबार १९:००

हेटौंडा । सचेत नागरिक युवा समूहकाे ‘काेहि भाेकाे नरहुन्’ अभियान अन्तरगत हेटौंडा-१० का ३० परिवारलाई खाद्यान्न वितरण गरिएको छ । निषेधाज्ञाको समयमा खाद्यान्नको समस्या परेका विपन्न परिवारलाई सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा -१० को सहकार्यमा बिपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हो ।

समूहका अध्यक्ष शिवनारायण श्रेष्ठकाे अध्यक्षता एवम्स समाजसेवी पवन अग्रवालको प्रमुख आतिथ्यतामा गरिएकाे खाध्यान्न सामग्री हस्तान्तरण कार्यक्रममा सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा -१० का अध्यक्ष प्रदीप कँडेलकाे बिशेष आतिथ्यता रहेकाे थियाे ।

विगतमा बितरण गर्दा छुटेका केही परिवारलाई घरमै पुगेर  खाद्यान्न बितरण गरिएकाे समूहका सचिव नबिन जाेशीले जानकारी दिए । समुहले केहि दिन अघिबाट बजार क्षेत्रमा कार्यरत ट्राफिक प्रहरीहरूलाई दिवा खाजा र पानी बितरण पनि गर्दै आईरहेकाे छ ।

कार्यक्रममा समुहका उपाध्यक्ष अनल श्रेष्ठ सदस्यहरू सर्मिला श्रेष्ठ, सन्जिब श्रेष्ठ ,चुडाराज उप्रेती, अजित मानन्धर सहित अभियन्ताहरुकाे सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*