देशभर १६४० जनामा कोरोना पुष्टि, १० को मृत्यु

निरन्तर न्यूज
२३ भाद्र २०७८, बुधबार २१:३८

पछिल्लो २४ घण्टामा देशभर १६४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४५५ जनामा कोरोना परीक्षण गरिँदा १६४० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५६८ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौंमा ३४९, ललितपुरमा १५० र भक्तपुरमा ६९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*