पत्रकार किशोर श्रेष्ठ पक्राउ, जन आस्थामा प्रहरीको छापा, पत्रकार धर्नामा
काठमाडौँ । प्रहरीले जनआस्था पत्रिकाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ।
ललितपुरको कुसुन्तीबाट उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई पक्राउ गरेको हो।
वैयक्तिक गोपनीयतासम्बन्धी कसुर गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको काफ्लेले बताए।
उनी प्रेस काउन्सिल नेपालमा पूर्वकार्यवाहक अध्यक्ष पनि हुन्।
यसैगरी आज बिहिवार बिहान प्रहरीले श्रेष्ठको कार्यालय जन आस्थामा छापा मारेको छ ।
श्रेष्ठलाई पक्राउ गरेको बिरोधमा नेपाल पत्रकार महासंघले भद्रकाली स्थित प्रहरी परिसरमा धर्ना दिएका छन् ।







