एसीसी महिला टी-२० : लगातार तेस्रो जितको खोजीमा नेपाल

निरन्तर न्यूज
६ असार २०७९, सोमबार ०७:३२

काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत सोमबार आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको किनरारा ओभलमा हुने तेस्रो खेल बिहान सवा नौ बजे सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजीमा छ । यदि बहराइनविरुद्ध जित निकाले नेपाल एक खेल अघि नै सेमिफाइनल पुग्नेछ ।

लगातार दुई खेल जितेको नेपाल समूह ‘बी’ मा ४ खेलसहित शीर्ष स्थानमा छ ।

यस अघि नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु