तेस्रो स्थानका लागि विश्वकपमा आज क्रोएसिया र मोरक्को भीड्दै 

निरन्तर न्यूज
२ पुष २०७९, शनिबार १२:१९

काठमाडौं । कतारमा जारी २२औं फिफा विश्वकपमा आज क्रोएसिया र मोरक्कोबीच खेल हुँदैछ ।

सेमीफाइनलमा पराजित यी दुई राष्ट्रले तेस्रो स्थानका लागि भीड्न लागेका हुन । खेल राति ८:४५ बजे खालिफा स्टेडिएममा हुनेछ ।

क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० र मोरक्को फ्रान्ससँग २(० ले पराजित भएको थियो ।

यी दुवै टोलीको समूह चरणमै भेट भएको थियो । त्यो खेल बराबरी गर्दै दुवै टिमले अंक बाँडेका थिए । क्रोएसिया साविक उपविजेता हो भने मोरक्को पहिलो पटक सेमिफाइनलसम्म पुगेको हो ।

विश्वकपको फाइनल खेल साविक विजेता फ्रान्स र पूर्वविजेता अर्जेन्टिनाबीच आइतबार राति पौने ९ बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु