पूर्ब राजा-रानी दम्पती मकवानपुरको आश्रम अवलोकनमा

निरन्तर न्यूज
१३ पुष २०७९, बुधबार १५:४९

हेटौंडा  । पूर्व राजारानी ज्ञानेन्द्र र कोमल शाहलाई मनहरी ८ सिमपानीस्थित आमाघर सेवा आश्रममा स्वागत गरिएको छ ।

बाराको सिमरा बिमानस्थलबाट ओर्लिनु भएका शाही परिवार आमाघर आश्रमको अवलोकनमा सहभागी भएको हो ।

आमाघर आश्रममा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका प्रतिनिधिहरुका बीच केहीबेर शाही परिवार रहँदा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, ८ नं वडाध्यक्ष नारायण उप्रेती, आमाघर आश्रमका अध्यक्ष रामचन्द्र उप्रेती, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र मकवानपुरकी प्रमुख संचालक शुसीला दिदी, रेडक्रस मनहरीका सभापति नुरोज पौडेल लगायत अगुवाहरु पनि सहभागी हुनु भएको थियो ।

केही बेर आमाघर आश्रमको अवलोकनपछि पूर्व राजारानीको टोली चितवनतर्फ लागेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र आफैले गाडी चलाएर चितवनतर्फ जानु भएको हो । शाही परिवार मानव सेवा आश्रममा पुग्दा रातो कार्पेट ओछ्याएर स्वागत गरिएको थियो । मनहरी लाइभबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*