बागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

हेटौंडा । बागमती प्रदेश सरकारले आयस्रोत कम भएका तथा मानव विकास सूचकांक कमजोर रहेका स्थानीय तहको एकीकृत विकासका लागि वित्तीय हस्तान्तरणमा प्राथमिकता दिने भएको छ। यसैगरी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रममार्फत विपद् बिमा कार्यक्रम अघि बढाउने भएको हो ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संसद्मा बुधबार आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै विपद् जोखिम हस्तान्तरणका लागि विपद् बिमा कार्यक्रम अघि बढाउने बताएका हुन् । पूर्वाधार र निर्माणका लागि क्रमशः प्रदेशस्तरीय पूर्वाधार गुणस्तर प्रयोगशाला स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
भौतिक पूर्वाधार,कृषि,सञ्चार,रोजगारीलगाउयत विभिन्न क्षेत्रलाई समेटिएको नीति कार्यक्रम नारैनाराले भरिएको छ । ‘समुन्नत समाजका लागि सूचना तथा सञ्चार’भन्ने अवधारणका साथ सञ्चार क्षेत्रको विकासका लागि कानुनी तथा कार्यक्रमगत प्रबन्ध गरिने उल्लेख गर्दै पत्रकारहरूको न्यूनतम सेवा सुविधा र सामाजिक सुरक्षाको प्रत्याभूति गराउन पहल गरिने नीति कार्यक्रम उल्लेख गरिएको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेश प्रहरी समायोजनका लागि अन्य प्रदेशसँगको समन्वयमा सघीय सरकारसँग छलफल गर्ने भएको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ । प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा लगानी सम्मेलन आयोजनाका लागि नीतिगत प्रक्रिया अघि बढाउने भएको उल्लेख गएिको छ । ११६ वटा बुँदामा बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संसद्मा बुधबार आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै विपद् जोखिम हस्तान्तरणका लागि विपद् बिमा कार्यक्रम अघि बढाउने बताएका हुन् ।
प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम मार्फत विपद् बिमा कार्यक्रम अघि बढाएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेश प्रहरी समायोजनका लागि अन्य प्रदेशसँगको समन्वय सङ्घीय सरकारसँग छलफल गर्ने भएको छ ।