नक्कली शरणार्थी प्रकरणमा बिचौलियालाई गाडी दिने शमशेर मियाँ पक्राउ

निरन्तर न्यूज
४ जेष्ठ २०८०, बिहीबार १७:५९

काठमाडौं। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न भएको आरोपमा अर्का व्यक्ति पनि पक्राउ परेका छन्।

गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्। यसअघि १४ जना पक्राउ परेका थिए। मिया पक्राउ परे सँगै १५ पुगेका छन्।

गृह मन्त्रालय स्रोतका अनुसार मियाँ सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ परेका हुन्। गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु