मेक्सिकोले जमैकालाई हरायो

काठमाडौं । कोपा अमेरिका फुटबलमा मेक्सिकोले सुखद सुरुआत गरेको छ ।
अमेरिकाको टेक्ससस्थित एनआरजी स्टेडियममा आइतबार बिहान भएको खेलमा मेक्सिकोले जमैकालाई १–० गोलअन्तरले हरायो ।
मेक्सिकोका लागि ६९औं मिनेटमा लागि जेरार्डो अर्टेटाले गरेको गोल नै निर्णायक बन्यो । त्यसअघि ५०औं मिनेटमा जमैकाका मिकेल एन्टोनिओले गोल गरेपनि भिएआरले मान्यता नदिँदा अग्रता लिने अवसर गुमाएको थियो ।
जितपछि मेक्सिकोले समूह बी मा ३ अंक जोड्न सफल भएको छ