ट्रकको ठक्करबाट एक जनाकाे मृत्यु

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ८ सिमपानीमा हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ५ ख ७७१२ नम्बरको यात्रु मालवाहक ट्रकले पैदल यात्री राक्सिराङ गाउँपालिका वडा नम्बर ९ घर भई मनहरी ८ सिमपानीमा बस्ने अन्दाजी ७० वर्षीय गंगा बहादुर स्याङ्तानलाई ठक्कर दिदा उनको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।
ट्रकको ठक्करबाट उनको घटनास्थलमै ज्यान गएको जनाइएको छ । ठक्कर दिने ट्रक तथा चालकलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएकाे छ।