नयाँ नेतृत्वका लागि अनेरास्ववियुको मतदान सुरु

निरन्तर न्यूज
३० जेष्ठ २०८२, बिहीबार १४:०१

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनको लागि मतदान सुरु भएको छ ।

४५ वटा भेन्डिङ मेसिन प्रयोग गरेर केही बेरअघि मतदान सुरु भएको हो । मतदान साँझ ४ बजेसम्म हुनेछ।

बुधबार राति ८ बजेदेखि मतदानको कार्यतालिका तय गरिएको थियो। तर, तयारी नपुगेको भन्दै निर्वाचन समितिले सूचना जारी गर्दै मतदानको समय आजका लागि सारेको हो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु