आज तीज मनाईदै, हेटौंडाका पशुपति मन्दिरसहित शिवालयमा महिलाहरूको घुइँचो

निरन्तर न्यूज
१० भाद्र २०८२, मंगलवार १२:३१

हेटौंडा । आज हरितालिका तीज पर्व धुमधामका साथ मनाइँदैछ । हेटौंडाको पशुपति मन्दिरसहित मकवानपुरका दश वटै स्थानीय तहमा रहेका शिव मन्दिरमा बिहानैदेखि पूजा गर्ने भक्तजनहरूको भीड लागेको छ । हेटौंडाको पशुपति मन्दिरमा पुजागर्न आउनेहरुलाई लाइन लगायर पुजा गर्ने व्यवस्था गरिएको छ । सुरक्षा व्यावस्था पनि कडा पारिएको छ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी भगवान् शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । हिजो दर खाएपछि औपचारिक रूपमा सुरू भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ ।

देशभरका शिवमन्दिरहरूमा समेत आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । दर खाएपछि आज व्रत बस्ने चलन छ । यस क्रममा स्वास्थ्यविद्हरूले महिलाहरूलाई आफ्नो स्वास्थ्यअनुसार मात्र व्रत बस्न सुझाव दिएका छन् ।

डाक्टरहरूको भनाइमा निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोशसमेत हुन सक्ने भएकाले सचेत रहन आवश्यक छ । स्वास्थ्यले थेग्नेले मात्र निराहार बस्नुपर्ने, नसक्नेले जलाहार वा फलाहार व्रत बस्न सकिने उल्लेख धर्मशास्त्रमा पनि गरिएको छ । व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस सेवन गर्न चिकित्सकहरूले आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*