सुत्केरी बस्न हेटौंडा माइति आएकी महिला राप्ती खोलामा मृत फेला

निरन्तर न्यूज
२८ पुष २०८२, सोमबार १७:५५

हेटौँडा ।  हेटौँडाको राप्ती खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ। काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–८ घर भएकी ३७ वर्षीया मिलन स्याङ्तान हेटौँडा उपमहानगरपालिका–१२, भोर्ले स्थित माइती घरमा सुत्केरी बस्न आएकी थिइन्।

एक महिनाको शिशु छोडेर माइती घरबाट निस्किएपछि स्याङ्तान सम्पर्कविहीन बनेकी थिइन्। खोजतलासको क्रममा आइतबार दिउँसो माइती घरबाट करिब तीन किलोमिटर पश्चिमतर्फ आँपधाप नजिकै राप्ती खोलामा डुबेको अवस्थामा उनको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो।

मृतकको शव हेटौँडा अस्पतालमा पोस्टमार्टम पश्चात जेठाजु चिजबहादुर तामाङले बुझेका छन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एक महिनाको दूधेबालक आमाको काखबिनै रहनु परेपछि परिवार मात्र होइन, सिङ्गो बस्ती नै स्तब्ध बनेको छ। हाँसिखुसी सुत्केरी खान आएकी मिलन स्याङ्तानको असामयिक निधनले आँपधाप क्षेत्रमा शोक छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*