काँग्रेस विवाद : विशेष महाधिवेशन पक्षले संस्थापनलाई पठाएको ८ बुँदमा के छ ?
काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सहमतिका लागि ८ बुँदे प्रस्ताव पठाएको छ ।
बुधबार महामन्त्री विश्वप्रकाश शर्माले सहमतिका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आठ बुँदे प्रस्ताव पठाएका हुन् ।
महामन्त्री शर्माले पठाएको प्रस्तावमा आठ सर्त रहेको छ ।
आज बिहान ८ बुँदे पठाइएको प्रस्तावमा कार्यवाहक सभापति खड्काको कार्यकक्षमा संस्थापन पक्षका नेता छलफल गरिरहेका छन्।
यस्ता छन् प्रस्ताव :-
-सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिकबाट बाहिरिनुपर्ने
–विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने
–प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने
–चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने
–टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने
–निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने
–उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने
– विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रूपमा ग्रहण गर्नुपर्ने










