नेपाल आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

निरन्तर न्यूज
१८ श्रावण २०८३, सोमबार ०८:०१

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँका दरले मूल्य बढाइएको छ ।

नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २ सय रुपैयाँ कायम भएको छ। सुर्खेत र दाङमा प्रतिलिटर १ सय ९९ रुपैयाँ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा प्रतिलिटर १ सय ९७ रुपैयाँ ५० पैसा निर्धारण गरिएको निगमले जनाएको छ।

यस्तै, एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*