सांसद पाण्डेसहितको टोलीले भत्काइएको सेनाकाे पर्खाल स्थलमा सर्वसाधारणलाई समस्या
काठमाडौं । केही दिन अघी नेपाली सेनासँग विवाद गरेर रास्वपा सांसद राजु पाण्डेसहितको टोलीले डोजर चलाएर भत्काएकाे पर्खालकाे क्षेत्र वरपर सर्वसाधारणलाई हिडडुल गर्न समस्या भएकाे छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित नेपाली सेनाको ब्यारेकको पर्खालमा डोजर चलाएपछि लगातारका वर्षाका कारण सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको हाे । बर्खाको समयमा बाटो चिप्लो हुने तथा ठाउँ–ठाउँमा पानी जम्ने गर्दा आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन् । सांसद पाण्डेसहितको टोलीले डोजर चलाउने क्रममा भएकाे विवादले सांसद जस्ताे मर्यादीत व्यक्तिले सेनाका अधिकृतसँग गरेको व्यवहारकाे सर्वत्र विराेध भएकाे थियाे ।
पर्खाल भत्किएकाे ठाउँलाई त्यसै छाेडिएकाे छ । फाेटाे : नेपाल न्यूज बैंक






