रोकी राखेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु , ४ को अवस्था गम्भीर
लमजुङ । लमजुङमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेंसीसहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको बस सुन्दरबजार नगरपालिका ७ पाउँदीमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले बताएको छ । उक्त बस प्रहरी चेक पोष्ट नजिकैबाट करिव १०० मिटर तल खसेको छ । बस दुर्घटना हुँदा घाइते २ जनालाई कर्मदा अस्पताल सुन्दरबजार लगिएकोमा अन्दाजी ३० बर्षीया महिलाको मृत्यु भएको प्रहरीले बताएको छ । गम्भीर घाइते ४ जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ । कर्मदा अस्पतालमा लगिएको एक जना भने उपचारपछि डिस्चार्च भएका छन् । १ जना...









