खानेपानी बोर्डको डिजीटल सूचना पार्टीकाे मेयरले गरे उद्घाटन
हेटाैँडा । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको डिजीटल सूचना पार्टीको आज (शुक्रबार) उद्घाटन गरिएको छ । आज हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले डिजीटल सूचना पार्टीको उद्घाटन गरेका हुन् । मेयर महतले आफु भन्दा पहिले राष्ट्रकाे हितकाे बारेमा साेच्न सके मात्र विकासले गति लिने बताएका थिए । कार्यक्रममा खानेपानी बोर्डका सदस्य इन्द्र प्रसाद नेपाल, कृष्ण कटुवाल, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालले बितेको आर्थिक वर्षको आम्दानी खर्च र योजनाको बिवरण प्रस्तुत गरेका थिए ।...