अभियानलाई सहयाेग भन्दै उपमहानगरले पुनका ६६६ पुस्तक किन्याे

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालनका लागि सहयोगस्वरुप महावीर पुनको पुस्तक खरिद गरेको छ । उपमहानगरले पुनको अभियानमा सहयोग पुर्‍याउँदै पाँच लाख रुपैयाँ बराबरको ६ सय ६६ थान पुस्तक खरिद गरेको हो । पुस्तक बिक्री अभियान लिएर बिहीबार हेटौंडा आइपुगेका पुनको अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले उपमहानगरले उनका पुस्तक खरिद गरेको मेयर मीनाकुमारी लामाले बताइन् । पुस्तक बिक्री अभियानमा २०२ दिनदेखि हिडिरहेका पुनले सबैको सहयोगबाट पुस्तकको बिक्री क्रम बढिरहेको बताए। सुदुरपश्चिम प्रदेशबाट अभियान सुरु गरेका वैज्ञानिक पुनले लुम्बिनी, गण्डकी हुँदै वाग्मती प्रदेशको चितवन र हेटौंडामा पुस्तक बिक्री गरिरहेका छन् । हेटौंडामा अझै केही...