नेकपा स्थायी कमिटी बैठकमा दुई अध्यक्षले पोखे असन्तुष्टि

काठमाडौं । नेकपाको स्थायी कमिटी बैठकमा दुई अध्यक्षले एक अर्काप्रति आक्रोश व्यक्त गरेका छन । बुधबारबाट सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै नेकपा अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीमा अहङकार पलाएको आरोप लगाए । प्रधानमन्त्री ओलीले आफू विरुद्ध मोर्चाबन्दी गरेको आरोप लगाए । दाहालले पार्टी एकता हुँदा गरिएको शक्ति बाँडफाँडसम्बन्धी सम्झौता छाडेर गल्ती गरेको बताएका थिए । उनले आधा– आधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमति छाड्नु गल्ती भएको बताए । बैठकमा अध्यक्ष दाहालले घुमारो पाराले अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद छाड्न ओलीसमक्ष प्रस्ताव गरे । २ जेठ २०७५ मा समानता...