बालुवाटारमा नेकपा सचिवालयकाे बैठक शुरु

निरन्तर न्यूज
१७ बैशाख २०७७, बुधबार १८:२४

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ । बैठक बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बताइएकाे छ ।

संसदीय दलमा बलियो देखिन नेकपाका दुई समूहका सांसदहरुको हस्ताक्षर संकलन सुरु भएको बेला बसेको बैठकले स्थायी समितिको बैठक बोलाउने अपेक्षा गरिएको छ ।

बैठकमा विवादित अध्यादेश र सरकारका काम कारबाहीका विषयमा समीक्षा पनि गरिने बताइएको छ । मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटघाटमा सचिवालय बैठक बस्ने समझारी भए अनुसार आज बैठक बसेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*