सरकारी गाडी दुरुपयाेग गर्दै रहस्यमय भ्रमणमा किन निस्किए याेजना आयाेगका श्याम बस्नेत ?
हेटाैँडा । देशमा काेराेना संकटकाे महामारी चलिरहेकाे समयमा आफ्नाे विलासिताकाे लागि सरकारी गाडीकाे दुरुपयाेग गरेर जथाभावि हिड्दा उक्त गाडी दुुर्घटना हुँदा क्षति भएकाे छ ।
बागमती प्रदेश नीति तथा याेजना आयाेगका बरिष्ठ सदस्य श्याम बस्नेत आफैले मकवानपुर जिल्लाकाे कैलाश गाउँपालिका वडा नम्बर ९ सागिनेमा प्रदेश ३-०३-००१ झ ००३ नम्बरको गाडि पल्टिए सँगै सरकारी गाडी दुरुपयोग भएकाे तथ्य बाहिर आएकाे हाे ।
उक्त सेताे रंगकाे सरकारी स्करपियाे एक ड्राइभरकाे मद्दतबाट हेटाैँडा ल्याइएकाे छ ।
यसरी विना काम चालककाे अनुपस्थतिमा सरकारी गाडी आफैले हाँकेर त्यहाँ किन पुगे त श्याम बस्नेत भन्ने चर्चा अहिले प्रदेशका मन्त्रालय तथा विभिन्न कार्यालयमा कानेखुशी हुन थालेकाे छ । हामीलाई अप्ठेराे पर्दा समेत गाडी प्रयाेग गर्न अनेक कागजात भर्नु पर्छ, फेरी याे लकडाउन हिड्नै पर्ने जरुरी नभइ हाकिम पल्टीनु कार्यशैली भने सवारी चालकाकाे देखाउने काम सरकारी कर्मचारीलाई लाजमर्दाे कुरा हाे, एक कर्मचारीले भने ।
मन्त्री तथा विशिष्ट व्यक्तिसँग निकै हिमचिम रहेका बस्नेतले तल्लाे तहका कर्मचारीलाई नियम विपरीत दु:ख समेत दिने गरेकाे आराेप लागेकाे छ । तत्कालीन उपाध्यक्ष डाक्टर खिमलाल देवकाेटाकाे पालमा नियुक्त गरिएका उक्त गाडीका सवारी चालकलाई फाल्गुण २८ गते देखि गाडी छुन समेत दिइएकाे छैन । उनलाई बैशाख १ गतेदेखि हाजीर गर्न समेत नदिएर आप्नाे पदकाे दुरुपयाेग गरिरहेकाे श्राेतले जानकारी दिएकाे छ ।

राताे घेराभित्र फाेटाे भएका उनै श्याम कुमार बस्नेतले चलाएकाे आयाेगकाे सेताे स्करपिओ दुर्घटना भएकाे हाे ।
पद र पावरको दुरुपयोग गर्दै सरकारी सवारी साधनको दुरुपयोग हुँदा समेत नियमक निकाय भने अनुसन्धान गर्न भन्दा पनी कठैबरा भन्नमै मस्त रहेको आरोप लागेको छ । प्रदेश निती तथा योजना आयोग बागमती प्रदेशका बरिष्ठ सदस्य हाल कार्यवहाक उपाध्यक्ष जस्तै गरी काम काज गरिरहेका वस्नेतले यस अघि पटक पटक सरकारी सवारी साधनको दुरुपयोग गर्ने गरेको श्राेतले जानकारी दिएकाे छ ।
प्रदेश निती तथा योजना आयोगमा सवारी चालक हुदा हुदै पनी महिनौ देखी वस्नेत आफैले गाडी चलाउने गरेका थिए । योजना आयोगको कार्यवहाक प्रमुख समेत रहेका श्याम कुमार वस्नेतले शक्तीको आडमा मनलाग्दी गरेको समेत आरोप लागेको छ । हेटौडा २ ओेमशान्ती टाेलमा बसाेबास गर्ने दाेलखाका बस्नेतले केही महिना अघिमात्र गाडी चलाउन सिकेकाे र उनलाई कार्यालयकै एकजना चालकले सिकाएकाे बताएका छन् ।
गाडी माेहमा परेका बस्नेतले आफुलाई सवारी सिकाउने चालक र अर्का महत थर गरेका सवारी चालकहरुलाई समेत गाडि छुन नदिएर महिनाैदेखि आफैँ चलाइरहेका छन् । उनले हाँकेकाे सवारीकाे अवस्था देखेर उनका कार्यालय तथा नजिकका कार्यालयमा काम गर्नेहरु देखि उनि बस्ने ओमशान्ति टाेलका मानिसहरु समेतले जिब्राे टाेक्थे ।
तर बस्नेतले आफुसँग सवारी चालक अनुमति पत्र भएकाे र बर्षाैदेखि गाडी चलाउँदै आएकाे हामीलाई बताए ।
वस्नेत को गाडी मोह यती सम्म रहेछ की उनले आफुले गाडी चलाउन सिके पछी सोही गाडिका सवारीचालकलाई हटाएर आफै प्रमुख आफै चालक समेत बनेका हुन । मकवानपुरको कैलाश गाउँपालिकामा योजना अनुगमन गर्ने वहाना मात्र रहेको स्थानियले वताएका छन । आर्थिक मामिला मन्त्रालय बागमती प्रदेशमा कार्यरत आशा लामा र तत्कालिन नेकपा एमाले का पूर्व सांसद ललित बस्नेतलाई समेत लिएर लामाकाे घर कैलाश गाउँपालिकामामा लाेकल चामल किन्न कैलाश भ्रमणमा निस्केका थिए ।
बस्नेतको सरकारी गाडी प्रयोग संगै कैलाश भ्रमण रहस्यमय समेत बनेकाे छ । देश लकडाउनले आक्रान्त छ तर सरकारी गाडी दुरुपयोग गर्दै पद र पावरमा रहेका हरु कैलाश भ्रमणमा निस्कनु राज्यको सम्पतीको चरम दुरुपयोग हो स्थानीय अक्कल बहादुरले बताए । प्रदेश निती तथा योजना आयोगका वस्नेत ले न सरकारी गाडी प्रयोग गर्ने बारे पास लिएका छन न त लक बुक नै भरेका छन । सावारी चालक अनुमती पत्र समेत नरहेको आरोप समेत लागेको छ । नेकपा का पुर्व सासद ललित बस्नेत र आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत आशा लामालाई साथै लिएर कुन कुन योजनाहरु अनुगमन गर्न कैलाश पुगेकाे हाे त ? सबैको चासोको बिषय बनेको हो ।
बस्नेत आफै ड्राईभर बनेको उक्त सरकारी गाडी को लक बुक देखी बस्नेतको सवारी चालक अनुमती पत्र समेत तत्काल अनुसन्धान गरी कार्वाही गर्नु पर्ने दवाव बढेको छ । यस बिषयमा वस्नेतसँग प्रतिक्रिया लिदा उनले भने ‘ आफु प्रदेशको सबै जिल्ला सबै गाउँपालिका पुगिसकेको तर मकवानपुरको कैलाश चै नपुगेका कारण पुर्व सांसद ललित बस्नेत र आर्थिक मामिला मन्त्रालयमा काम गर्ने आशा लामालाई लिएर कैलाश अनुगमनमा गएका हौ । बाटोमा जादै गर्दा दुर्घटना भयो ‘ ।
यहि बिषयमा आर्थिक मामिलामा कार्यरत आशा लामासँग प्रतिक्रिया लिदा उनी भन्छिन् ‘मेरो पनी घर कैलाशनै रहेको र सर हरुले जाउ भने पछी आफु पनी गएको हो ” । आशा लामा को घर कैलाश रहेको र बस्नेतले यो लकडाउनमा सरकारी गाडी दुरुपयोग गरी लामालाई घर पुर्याउन उक्त गाडी प्रयोग गरेको हुन सक्ने स्थानियको आरोप रहेकाे छ । तर नेकपाका नेता एवम् पूर्व सांसद ललित बस्नेत चै किन गए कैलाश भन्ने शंका उत्पन्न भएकाे छ ? के ललित बस्नेत पनी योजना आयोग सम्वद्ध हुन त ? भन्ने प्रश्न उब्जिएकाे छ । बस्नेत आफैंले चलाएको गाडी अहिले हेटाैँडाकाे हेडम्बा वर्कसपकाे ग्यारेजमा रहेकाे र छिट्टै मर्मत गरेर आयाेगमा लगेर राख्न लागिएकाे छ । उक्त गाडी मर्मत संभारको वास्तविक खर्च कति हाे र कसले व्यहाेर्छ ।
विना काम सरकारी गाडी चालक नै नराखी दुरुपयाेग गरेकाे देखिन्छ, यसकाे सबै हर्जाना बस्नेतले नै तिर्नु पर्ने लेखामा दख्खल एक सरकारी कर्मचारीले बताए । भ्रमण आदेश, अनुगमन गर्ने याेजना, सवारी लगबुक लगायतका प्रशासनिक लेखाका कागजातहरु चुस्त बनाएर नियम अनुसार प्रशासनबाट पास लिएर हिड्नु पर्ने सरकारी नियम रहेकाे उनले बताए ।
गाडि दुर्घटना पश्तचात बस्नेतले सागिनेका स्थानीयलाई आफु गाउँमा लाेकल चामल लिन आएको बताएका थिए । सरकारले लकडाउनको निर्णय गरेर घरभित्रै बस्न दिएकाे निर्देशनलाई समेत लत्याउँदै आखिर के थियाे र त्यस्ताे जाेखिम माेलेर सरकारी गाडि लिइ गाउँ जानैपर्ने ? स्थानीय अचम्ममा परेका छन् । सडकमै पल्टिएकाे गाडीलाई जेसिभिकाे प्रयोग गरेर उठाईएको थियो ।
अव उनकाे बारेमा सम्वन्धित निकायले कसरी साेधपुछ गर्छ या गर्दैन भन्ने बारेमा हेर्न बाँकी नै छ ।











