विद्याको झोला सामाजिक सञ्जालमा भाइरल
काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की- २ बाट प्रतिनिधिसभाको उम्मेदवारको रुपमा स्व. रविन्द्र अधिकारी पत्नी विद्या भट्टराईले आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी छिन् । उम्मेदवारी मनोनयन दर्ता गर्न जानेक्रममा खिचिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तस्बिरमा माला लगाएकी विद्या नमस्कार गरेर भोट माग्दैछिन् । उनी पछि पछि हिंडिरहेका एक युवा विद्याको झोला बोकेर हिंडिरहेका छन् । यही तस्बिरलाई लक्षित गरेर विद्याको आलोचना भइरहेको छ । कतिपयले ‘आफ्नो झोला बोक्न नसक्नेले कसरी देशको नेतृत्व गर्न सक्छिन् ?’ भनेर प्रश्न समेत गरेका छन् । यहाँ हामीले केही प्रतिनिधि ट्वीटहरु प्रस्तुत गरेका छौं- https://twitter.com/1985Gorkhali/status/1192380179420717057...