कानून मन्त्रालयमा किन राखिएन पूर्व मन्त्री उपेन्द्र यादवकाे तश्विर ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्दिरको घन्टी र मादल जस्तो भएको छ कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय । यो मन्त्रालयमा कतिखेर को मन्त्री आउँछन् टुङ्गो नै हुँदैन । यो मन्त्रालय सम्हाल्न कोही रहरले आउँछ त कोही बाध्यताले । यो मन्त्रालय यतिसम्मको अस्थिर भइसकेको छ कि मन्त्रालयमा कानून मन्त्रीको फोटो नै नहुने अवस्थामा पुगिसकेको छ । तत्कालीन कानून मन्त्री उपेन्द्र यादवको फोटो समेत मन्त्रालयमा छैन । यादव २०७५ साल जेठ १८ गते संविधान संशोधनको दुई बुँदे सर्तसहित सरकारमा सहभागी भएका थिए । त्यतिबेला सरकारमा सहभागी हुँदा यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री र मोहम्मद इस्तियाक...