करिश्माबारे बोले बाबुराम, कसैप्रति कुनै दुर्भाव नराख्ने

काठमाडौं, १४ असार । समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पूर्वसहकर्मी करिष्मा मानन्धरप्रति मुख खोलेका छन् । नेतृ तथा नायिका मानन्धरले ‘पार्टीबाट बाबुरामले भनेजस्तो बिदा नलिएको’ र ‘बाबुरामसँग व्यवस्थापकीय क्षमता नभएको’ जस्ता टिप्पणी गरेपछि उनले जवाफ लेखेका हुन् । भट्टराईले आफ्ना पूर्व-स्वकिय सचिव विश्वदीप पाण्डेको सन्देश शेयर गर्दै भनेका छन्, ‘समाज परिवर्तनको निरन्तर यात्रामा सहयात्रीहरू फेरिइरहन सक्छन्, जोसंग जहाँसम्म सहयात्रा गर्नसकिन्छ गर्नुपर्छ । कोही केही किलोमीटर मात्र सहयात्रा गर्लान्को ।काेही हजार किलोमीटर सहयात्रा गर्लान्, कोही अन्तिम गन्तव्यसम्म सहयात्रा गर्लान् ।’ उनले अगाडि लेखेका छन्, ‘सहयात्रा स्वेच्छाले गर्ने हो । हामी धेरै भन्दा धेरैसंग अन्तिम गन्तव्यसम्म सहयात्रा...